मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

किन गाली गर्छ्यौ ?

लेख्दा-लेख्दै गजल भएछ ...

तिम्रैलागि बेशी झरें किन गाली गर्छ्यौ ?
प्रस्ताव तिम्रै स्विकार गरें किन गाली गर्छ्यौ ?

मेरै निम्ति मरीमेट्ने हजारौको ताँती छोडी,
सधै तिम्रै भर परें किन गाली गर्छ्यौ ?

देवघाटको त्यो मेलामा समागम भो यी आँखाको,
त्यै नजरले पल-पल मरें किन गाली गर्छ्यौ ?

आँखासँगै मनपनि नजिकिन खोज्यो सायद,
यस्तै बुझी नजिक सरें किन गाली गर्छ्यौ ?
प्रस्ताव तिम्रै स्विकार गरें किन गाली गर्छ्यौ ??


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल