September 17, 2012 near Kathmandu
दैब सधैं दाहिने रही जिउको कष्ट सारा हरुन् ।।
आरध्यदेव पशुपतीले मनको इच्छा पूरा गरुन् ।।
आरध्यदेव पशुपतीले मनको इच्छा पूरा गरुन् ।।
खुशी भै भोले बाबा सोचेको फल दिन्छन् पक्कै,
त्यो चन्चल् मन्मा सधैं सुखै-सुख मात्र भरुन् ।।
आरध्यदेव पशुपतीले मनको इच्छा पूरा गरुन् ।।
सधैभरी त्यो पाइलाले सफलताको शिखर चुमोस्,
ओठभरी मुस्कान छाओस, दु:ख टाढा-टाढा सरुन् ।।
आरध्यदेव पशुपतीले मनको इच्छा पूरा गरुन् ।।
जसको नाममा समर्पित छ, उस्ले पनि बुझिदेओस्,
राज चलोस् संसारभरि, सबै तिम्रै भरमा परुन् ।।
आरध्यदेव पशुपतीले मनको इच्छा पूरा गरुन् ।।
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल

