मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

उनैको यादमा

October 5, 2010 at 2:43pm

आउने जाने गरिरन्छ्यौ डरायौकी कसो ?
मेरो फोटो मुटु भरि भरायौ की कसो?

किन होला हिजोआज अन्लाइन्मा भेट गर्दिनौ?
कतै अन्तै मिठो नजर चरायौकी कसो?


तिमीलाई अबेरसम्म बेहोसी भै कुरी बस्छु,
तिमी बिना नीद नआउने गरायौकी कसो?

मेरो दिलले पुकार्दा नी टोलाएर बसीदिने,
तिमी पनि मेरो यादमा हरायौकी कसो?

तिम्रो तस्बिर देख्दा पनि गजल् फुर्न थाल्यो,
तुच्छ शब्द पनि मन परायौकी कसो?

रातोपुल हिजोआज गुन्जयमान छ रे सुन्छु,
पवन पवन भन्दै तिमले करायौकी कसो??
आउने जाने गरिरन्छ्यौ डरायौकी कसो ?


यो प्रश्न ऊसैलाई जसलाई मलाई नै भन्या हो जस्तो लाग्छ ।।।।।।।।।।।
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल