आँखाको पानी, सकियो अब |
लाग्छ जवानी, सकियो अब ||
भत्केर गयो, मनको खुसी,
त्यो राम् काहानी, सकियो अब ||
खोल्दानी आँखा, अँध्यारै देख्छु,
शीतल् बिहानी, सकियो अब ||
झुल्यो नि तिम्रो, त्यो झुट्को खेती,
यो प्रेम खानी, सकियो अब ||
पीडामै बित्छ, दिन् रातै अचेल्,
हाँस्ने बेला'नी, सकियो अब ||
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल
लाग्छ जवानी, सकियो अब ||
भत्केर गयो, मनको खुसी,
त्यो राम् काहानी, सकियो अब ||
खोल्दानी आँखा, अँध्यारै देख्छु,
शीतल् बिहानी, सकियो अब ||
झुल्यो नि तिम्रो, त्यो झुट्को खेती,
यो प्रेम खानी, सकियो अब ||
पीडामै बित्छ, दिन् रातै अचेल्,
हाँस्ने बेला'नी, सकियो अब ||
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल

