तिम्रो घरमा आउदिन म मेरै घरमा आउ भन्छ्यौ ।
चोटै-चोट दिन्छ्यौ पैला अनी नरिसाउ भन्छ्यौ ।।
मोबाइलमा हेर प्रिया छुटेका कल कति होलान् !
एक कल मैले नउठाउदा किन खोज्या भाउ भन्छ्यौ ।।
कैले बस्छ्यौ ठुस्किएर अझ धेरै रिसाएर,
अझ उल्टै तिमी मलाई धेरै नसताउ भन्छ्यौ ।।।।
तिमीलाई भेट्ने इच्छा मनदेखी नै लाग्या भए,
मलाई कत्ति फुर्सद छैन तिमी आफै धाउ भन्छ्यौ ।
हासी-हासी मेरो मनमा तिमी आफै चोट लगाउछ्यौ,
अन्जान भै त्यै चोटलाई यो केको घाऊ भन्छ्यौ ।।
दैबले नै दिएको छ घुर्क्याउने अधिकार,
जति धेरै रिसाएनी मेरै गुणगान गाउ भन्छ्यौ ।।
मेरो मनमा लागेका ती चोटहरु देखेपछी,
आहा पवन! कति राम्रो सुहाको छ वाउ भन्छ्यौ ।।
तिम्रो घरमा आउदिन म मेरै घरमा आउ भन्छ्यौ ।।
चोटै-चोट दिन्छ्यौ पैला अनी नरिसाउ भन्छ्यौ ।।कैले बस्छ्यौ ठुस्किएर अझ धेरै रिसाएर,
अझ उल्टै तिमी मलाई धेरै नसताउ भन्छ्यौ ।।।।
तिमीलाई भेट्ने इच्छा मनदेखी नै लाग्या भए,
मलाई कत्ति फुर्सद छैन तिमी आफै धाउ भन्छ्यौ ।
हासी-हासी मेरो मनमा तिमी आफै चोट लगाउछ्यौ,
अन्जान भै त्यै चोटलाई यो केको घाऊ भन्छ्यौ ।।
दैबले नै दिएको छ घुर्क्याउने अधिकार,
जति धेरै रिसाएनी मेरै गुणगान गाउ भन्छ्यौ ।।
मेरो मनमा लागेका ती चोटहरु देखेपछी,
आहा पवन! कति राम्रो सुहाको छ वाउ भन्छ्यौ ।।
तिम्रो घरमा आउदिन म मेरै घरमा आउ भन्छ्यौ ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

