मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

विडम्वना

जति धेरै चोट दिएनी, म त तिम्लाई चुन्छु सानु |
दुखमा कोहि हुँदो रैन्छ, म त एक्लै रुन्छु सानु ||

बोलीचाली मात्र हैन, हाम्रो नाता अर्कै भन्थ्यौ,
सुखमा पो इष्टमित्र, यै तथ्यलाई गुन्छु सानु |

मरेको त्यो शरीरलाई, परजीवीले छोडेसरी,
साथीभाई पर-पर, एकान्तलाई छुन्छु सानु ||

ग्रह दशा बिग्रिएर, दैव टाढा भाको बेला,
साँचो साँचो बोलेपनि, उल्टै झुटो हुन्छु सानु ||

आखिरी काम मृत्यु हाम्रो, एकदिन सबले गर्नैपर्ने,
तिम्रो साथ पाएँ भने, कालको बाटो थुन्छु सानु ||

तिमीलाई माया गर्दा, भगवानलाई असैह्य भो,
मेरै माया मैलो रैछ, माथि गई धुन्छु सानु ||

सधै दुख दिन्थ्यो मलाई, ठिक्क भयो भन्छ्यौ अरे,
हो कि हैन भन तिमी, म त यस्तै सुन्छु सानु ||
दुखमा कोहि हुँदो रैन्छ, म त एक्लै रुन्छु सानु ||


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल