तिम्रै पिरले भिज्न थाले यी आँखाका कोष् पनि
विनासित्ति लगाइदियौ नचाहिँदो दोष पनि ||
अकस्मात् तिम्रो मुहार आफ्नो सामू देखेपछी,
हेर्दा-हेर्दै त्यै रुपलाई गुमाउँछु होस् पनि |
किन त्यसो भनिछन् हँ,भन्दै साथी गुहार्दामा,
उसैलाई सोध्न भनि बढाइदिन्छन् जोस् पनि |
मलाई नै भने हुन्थ्यो यदी त्यस्तो लाग्या भए,
अपमान सहदैन निर्जिव त्यो ठोस् पनि |
के देखेर भनिदियौ एकैपल्ट भेट्दाखेरी,
मान्या छैन कसैलाई मैले आफ्नो बोस् पनि |
यदी मैले सोधें भने भन्या छैन भनिदिनु,
जस्ले गर्दा जीवनमा खुसियाली छाओस् पनि |
अनाहकमा दोष लायौ तिम्लाई यो जरिवाना,
तिम्रै हातले लगाइदेउ मेरो शिरपोश पनि |

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल