मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

साथीको आग्रहमा

एउटा साथीको आग्रहमा उसैकी भू.पू. लाई समर्पित गजल ...

माया गर्छु भन्दै हिड्यौ, अर्कैलाई साथ दिई |
रमाउदै घुम्या देख्छु, मलाई बज्रपात दिई ||

कतिन्जेल टिक्ला र त्यो, जोवनका उन्मातहरु,
जति सक्दो हाँसे हुन्छ, चोखो प्रेममा घात दिई ||

उसले पनि बुझ्या होला, तिम्रो भित्रि मनोकांक्षा,
उडाउँदैछ्यौ मेरो खिल्ली, किन दिनरात दिई ||

कैल्यै सुख हुन्न बुझे, 'पवन'लाई रुवाउनेको,
उसले पनि मुख मोड्ला, दोबाटोमा लात दिई ||
रमाउदै घुम्या देख्छु, मलाई बज्रपात दिई ||


लुज्जा .... मेरै नाम लेख्दिएँ...
4th Feb. 2014



पवनदृष्टी पाठक काठमाडौँ, नेपाल