मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

आषाढ

झरी बादल संगसंगै हिलो चिप्लो साथी हुने |
प्रकृतिको सुन्दर छटा, ननासिए जाति हुने ||

त्यो असारे गीतका साथै हिलोमाथी लडिबुडी,
कति मिठो समय त्यो रम्न सबै ताँती हुने ||

डिलमा बज्ने पन्चेबाजा, त्यै तालमा छन् तन्नेरी,

हो हो माले हो हो तारे, हेर्दाहेर्दै राती हुने || 
प्रकृतिको सुन्दर छटा, ननासिए जाति हुने ||


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल