मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

डोली चढाइ अन्माउँदा

रातोपिरो हुन्छ्यौ होला, दोपट्टाले सजाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।

पिरतिको कुरा गर्दा, लाज लाग्यो भन्ने गर्छ्यौ,
कसो गर्ल्यौ सानु तिम्ले, मैले हात समाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।


तिमी आफै मेरो राजा, नजिक आउ भन्न थाल्छ्यौ,
तिम्रो मनको घडेरीमा, मैले अड्डा जमाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।

व्याकुलताले सताउला, तिमी भित्र पनि त्यस्तै,
चखेवाको जोडी वनमा,नाची-नाची रमाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।

मै पनि सक्छु तिम्रा, थामिदिन हातहरु,
शिशीरको तुषारोमा, एक्लोपनले झम्झामाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।

याद गर मेरो सामू, घुँडा टेक्न बाध्य हुन्छ्यौ,
यै 'पवन'को  नाम जपी, तिम्रो मुटु डम्डमाउँदा ।
अघिअघि पन्चेबाजा, डोली चढाइ अन्माउँदा  ।।

२०६७/०२/०४/३ रोज शुभम् .................................पवनदृष्टी पाठक काठमाडौँ, नेपाल