भोग्दा भोग्दै जिन्दगीको पाटो फेरियो ||
अनायासै साबिकको बाटो फेरियो ||
मेटिएर जीवनका साना ठूला खतहरू,
एउटा ठूलो घाउको त्यो खाटो फेरियो ||
मकिएर खस्दै थिए यी मनका खाबाहरु,
बल्ल आज टेको दिने साँटो फेरियो ||
अनायासै साबिकको बाटो फेरियो ||
मेटिएर जीवनका साना ठूला खतहरू,
एउटा ठूलो घाउको त्यो खाटो फेरियो ||
मकिएर खस्दै थिए यी मनका खाबाहरु,
बल्ल आज टेको दिने साँटो फेरियो ||
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

