तिमी मेरो प्राण प्रिय भनेको सब मान्छु भन्थिन् ||
भन्छौ भने तिम्रा लागि पाताल पनि जान्छु भन्थिन् ||
तिम्रै सिन्दुर पैह्रिएर जन्मौँ साथ दिन्छु भन्दा,
विश्वास तिम्लाई छैन भने तिम्रै कसम खान्छु भन्थिन् ||
मेरो मान्छे तिमीलाई लाखौँमा एक बनाउन,
आफू शून्य भए पनि तिम्लाई शिखर लान्छु भन्थिन् ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल