आज (२०७१ साल भाद्र २०) दिनले ४ महिना भयो हामीलाई छोरोले छोडेको |
आँखाभरी तिम्रै तस्विर, आवाज सुन्छु सधैं तिम्रो |
हाँस्दै खेल्दै युगौं सँगै, लाग्थ्यो हुन्छु सधैं तिम्रो ||
छाडी गयौ एक्लो पारी, अनकन्टार यो भुमीमा,
लुक्य छौ कि खोज्छु अनि, याद्ले रुन्छु सधैं तिम्रो ||
चोटमा पनि हाँस्नु पर्ने, लोकाचारको जालो बिच,
गहभरी आँशु बोकी, तस्विर छुन्छु सधैं तिम्रो ||

