धुवाँ तिम्लाइ देखाउँदिन मुटु जले पनि ।
तिम्राे
विश्वास अटुट मेरो आस्था ढले पनि ।।
सधैं तिम्राे बाटो कुर्छु, वटुवाकाे भेष धरी,
याे मनबाट तिम्राे यादको सबारी चले पनि ।।
याे मनबाट तिम्राे यादको सबारी चले पनि ।।
अन्तिम नजर मेरो लासमा हेरी जानु तिमि,
आत्मा तिम्रै प्रतिक्षामा शरीर जले पनि ||
आत्मा तिम्रै प्रतिक्षामा शरीर जले पनि ||
हृदयमा
तिम्रै रुप छ, तिमि बिना मर्छु भन्दै,
होला जस्तै लठ्ठ पार्दै तिम्ले छले पनि ||
होला जस्तै लठ्ठ पार्दै तिम्ले छले पनि ||
माया गर्छु तिम्लाई र त, क्यै भन्ने आँट छैन,
सोझोपनको सहाराले स्वार्थ दले पनि ||
सोझोपनको सहाराले स्वार्थ दले पनि ||
२०११/०१/२१
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल 
