तिमी थियौ र त श्वास थियो ||
त्यै काखमा मर्ने आस थियो ||
दैब छन् भन्थे सहारा दिने,
उही आज धोकेबाज थियो ||
हँसिलो मुहार् बोल्ला झैँ जस्तो,
शिरमा पो कालको बास थियो ||

बाबा भन्दै कुदेर आउने,
ति दिन पो मेरो खास थियो ||
सपना भत्कायो पहिरोले,
यै काखमा तिम्रो लास थियो ||
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल