दुई दिन्को खुशी दिएर गयौ ।
जीवनको अर्थ लिएर गयौ ।।
खोक्रो शरीरको आत्मा थ्यौ तिमी,
श्वासले नै जहर पिएर गयौ ।।
सधैं हुन्थ्यौ यै काख्मा लुटुपुटु,
तस्विर मै समेटिएर गयौ ।।
पुत्र थ्यौ मेरा, सधैं रहन्छौ,
शिला लेख झैँ लेखिएर गयौ ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल