मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, November 6, 2014

हाँस्नुको कारण

मलाई हेर्दै मनमनै, गुन्छिन् र म हाँस्छु |
टिठ नमानी मेरा कुरा, सुन्छिन् र म हाँस्छु |

छिट्टै नै आयो जाडो तर, उनी छिन् नि मेरो,
मेरै लागि बाक्लो स्विटर, बुन्छिन् र म हाँस्छु |

अभ्यस्त छिन् हिजोआज, लाउन काउकुती,
टाढैबाट नजरले नै, छुन्छिन् र म हाँस्छु |

जिद्दीपनको पराकाष्टा, देखाएरै मार्ने,
कैले कहिँ त बच्चा जस्तै, हुन्छिन् र म हाँस्छु |

बिग्रियो यो काम भन्दै रिसाउन नि हुन्न,
फेरी माइत जान्छु भन्दै, रुन्छिन् र म हाँस्छु |

मभन्दा नि प्यारो तिम्लाई, माइती भो जाऊ,
भन्नासाथै यै मेरो काख, चुन्छिन् र म हाँस्छु |

पवन दृस्टी पाठक