मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Tuesday, December 9, 2014

त्व दिय बस्तु गोविन्दम् तुभ्य मेव समर्पितम् ....

फूल फुलेथ्यो बागमा चुड्यो दैवले |
खै के लेख्यो निधारमा चुड्यो दैवले ||

खै कसरी पुरा होलान्, उस्का सपना,
बस्नै देन समाजमा, चुड्यो दैवले ||

न त माया न त दया, कस्तो निर्दयी,
पीडा छोडेर भागमा, चुड्यो दैवले ||

अमृत प्याला पिलाउँछु, भन्थें भन्न त,
मात्रै रह्यो विचारमा, चुड्यो दैवले ||

जोस जाँगर आत्मइच्छा, सबै ‘पवन्’का,
पिल्स्याई दिई आगमा, चुड्यो दैवले ||
फूल फुलेथ्यो बागमा चुड्यो दैवले |
खै के लेख्यो निधारमा चुड्यो दैवले ||

पवनदृष्टी पाठक काठमाडौँ, नेपाल