२०६४/०९/२०, 4th Jan. 2008
जुनी भरी संगै जिउछु, भनि कसम् खाएको थें |
उनकै रूपको गुणगान् सधैं, रटीरटी गाएको थें ||
आफ्नो काम् आफ्नै ठाउँमा, व्यस्तताको बबजूत,
जहाँ भन्थिन् पियारीले, त्यहाँ त्यहाँ धाएको थें |
यात्रा हुन्थ्यो दिनदिनै, रत्नपार्क र ठमेलको,
रूपैयाँको मत्लव् थे'न, दिल बाटै चाहेको थें |
टोलभरी हल्ला चल्यो, हामी दुइको सम्वन्धको,
दुनियाँले जे भने नी, मैले उन्लाई पाएको थें |
सपनीमा मात्र हैन, उन्को मुहार सधैं देख्थें,
जिन्दगीमा कसैसँग, पैलो माया लाएको थें |
मौलिकता बिर्सिएर, आडम्बरमा हिडे पनि,
नभको धन सिध्याएर, सुनैसुन्ले छाएको थें |
आफु धनि बन्ने यहाँ, यस्तै एउटा पेसा रै'छ,
के थाहा पाउनु मैले, भर्खर शहर आएको थें |

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल