च्यातिएको मन मेरो, फेरी सियौ प्रभु ।
आभारी छु मेरो खुसी, फिर्ता दियौ प्रभु ।।
विछोडको त्यो पिडामा, दिनै आँखा रुझ्दा,
विश्वास् थियो मेरो साथ्मा, तिमी थियौ प्रभु ।
आभारी छु मेरो खुसी, फिर्ता दियौ प्रभु ।।
सारा जगत् ब्रह्माण्डको, आधिपत्य लत्याएर,
लाग्छ आज मेरै काख्मा, समेटियौ प्रभु ।
आभारी छु मेरो खुसी, फिर्ता दियौ प्रभु ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

