मायाले हेर्यो न, घृणाले हेर्यो,
निर्मोही मायाले ।
बेकारमा मेरो, यो
मुटु सेर्यो, निर्मोही मायाले ।।
विश्वास देखाई, यो भाग्य केर्यो, निर्मोही मायाले ।।
विश्वास देखाई, यो
भाग्य केर्यो, निर्मोही मायाले ।।
नकस प्रिया, मायाको
डोरो, बिचैमा चुँड्नलाई,
भन्दा नमानी, फनफन्ती
बेर्यो, निर्मोही मायाले ।।
विश्वास देखाई, यो भाग्य केर्यो, निर्मोही मायाले ।।
न बस्न दिन्छ, न उठ्न दिन्छ,
प्यारको छुराले,
विश्वास देखाई, यो भाग्य केर्यो, निर्मोही मायाले ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल