सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
हराउँला म याद्बाटै, बिर्सौली तिमीले कतै,
बिचार गरेर त्यसमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
दु:ख सुख त यस्तै हो, नबस्नु पीरमा तिमी,
मुजा नपरुन् फेसमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
छिन्छिन् पारेर नाडिमा, पिँधेर मिठो अचार,
बिहान बेल्की मेसमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
रातो सारी र चोलीमा, देख्दा भुतुक्कै हुन्थ्यें म,
सजिई यहि भेषमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
नबहकिउँ म कतै, परेर मोह जालमा,
बुद्धि पुर्याई यसमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
तैरेर सुख सागरमा, गरौं कि वि’चरण्
भनि,
पवन् छ त्यहि रेसमा, सम्झना राखन प्रिया ।
जाँदै छु दूर देशमा, सम्झना राखन प्रिया ।
सिन्दुर सजाई केसमा, सम्झना राखन प्रिया ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल


