आज मेरो खुसी फर्किएको पनि १ वर्ष भएछ | कति चाडै बितेछ समय पत्तै भएन | त्यो तिम्रो निर्दोष मुहार र हाँसो हेर्दा-हेर्दै बिगतका पीडा भुल्न जानियो, चोट सहन सिकियो | यसैगरी तिम्रो त्यो मुहारमा सधैं यस्तै प्रेरणादायी मुस्कान रहिरहोस्... जन्म दिनको धेरै धेरै शुभकामना तिमीलाई ......
सधैँभरी खुसी हुनु, ज्ञानी हुनु मेरो बाबु ||
सफल्ताको शिखर पुग्नु, चन्द्र छुनु मेरो बाबु ||

तिमी हाँस्दा जगत् खुल्छ, तिम्रो मुस्कान् मेरो लक्ष्य,
हाँस्दै खेल्नु आँगनीमा, छुनु-मुनु मेरो बाबु |

मधुर मिठो लोरी सुन्दै, मम्तामायी ति आमाको,
हो, हो गर्दै मेरै काख्मा, गर्नु नुनु मेरो बाबु |

बाबाआमा, साथीभाई, नातागोता तिम्रै साथ्मा,
पीडासँग लड्नु पर्छ, किन रुनु मेरो बाबु ??

नहोस् तिम्लाई केही कमी, धन्, माया, सम्मानको,
सारा दुखी दीन्हरुको, उल्झन् फुनु मेरो बाबु |

सफल्ताको शिखर् पुग्नु, चन्द्र छुनु मेरो बाबु ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल