नयन् खुल्दा पैलो दर्शन्, तिम्रो मुहारको ।
देवता नि रुप धर्छन्, तिम्रो मुहारको ।।
बाटोघाटो जैं तैं जता, पुग्छु संसारभरी,
स्वत:स्फूर्त बयान् गर्छन्, तिम्रो मुहारको ।
सधैं तिमिसंगै माया, साँटी बस्न पाऊँ,
समिप्यले तेज सर्छन्, तिम्रो मुहारको ।
देवता नि रुप धर्छन्, तिम्रो मुहारको ।।
पैतालाको धुलो हुन्छु, तिम्रा अघि म त,
कस्ता-कस्ता बश पर्छन्, तिम्रो मुहारको ।
देवता नि रुप धर्छन्, तिम्रो मुहारको ।।
द्यौता आई बसेको त्यो, प्रिय तिम्रो रुप,
एक् झल्कोले सारा तर्छन्, तिम्रो मुहारको ।
देवता नि रुप धर्छन्, तिम्रो मुहारको ।।
भानुको झैं तेज गरी, उत्प्रेरणा दिने,
यादले नै विघ्न टर्छन्, तिम्रो मुहारको ।
देवता नि रुप धर्छन्, तिम्रो मुहारको ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल


